भगवान जगन्नाथलाई गराइयो दिव्य स्नान

IMG-20240622-WA0021.jpg

सिलगढी: आगामी जुलाई ७ तारिकहुने रथयात्राको तयारी भइरहेको छ। यसैबीच आज भगवान जगन्नाथलाई दिव्य स्नान गराइएको छ। प्रत्येक वर्ष जेठ शुक्ल पूर्णिमाका दिन देवस्नान गरिन्छ। जगन्नाथका भक्तहरूका लागि यसको विशेष महत्त्व छ। सिलगढी विधान बजार स्थित श्री श्री राधा गोविन्द मन्दिर परिसरमा देवस्नान कार्यक्रम आयोजना गरिएको थियो। भगवान जगन्नाथ, बलराम र सुभद्रा देवीलाई विभिन्न फलफूलको रस, घिउ, मह, चिनी, दही र अन्य फलफूलको रसले स्नान गराइएको थियो। यस अवसरमा ठूलो संख्यामा भक्तजनहरुको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement