भारतीय सेना वाहिनीको तर्फबाट गजलडोबामा जल महोत्सवको आयोजन

IMG_20220812_200816.jpg

राजगञ्ज: आज गजलडोबामा जल महोत्सवको आयोजना गरियो। देशको स्वतन्त्रताको अमृत महोत्सवको पावन अवसरमा भारतीय सेना वाहिनीको तर्फबाट गरिएको थियो। उक्त कार्यक्रममा भारतीय वायु सेना, एसएसबी, बीएसएफ, सीआरपीएफ, एनसीसी, पश्चिम बंगाल पुलिस, रेलवे पुलिस, वन विभाग र सिंचाई विभागले अंश ग्रहण गरेको थियो। सांस्कृतिक कार्यक्रमहरू बाहेक टिस्टा महानन्दा लिङ्क क्यानलमा बोट रेसिङको आयोजना गरियो। उक्त प्रतियोगितामा विभिन्न वाहिनीका जवानहरूले अंश ग्रहण गरेका थिए। भारतीय सेना वाहिनीका अधिकारीहरूले बताए अनुसार भारतको स्वतन्त्रता संग्राम बाहेक द्वितीय विश्व युद्ध, भारत-चीन युद्ध र बङ्ग्लादेशको स्वतन्त्रता संग्राममा हजारों भारतीय जवानहरूले प्राणको आहुति दिएका थिए। देशको निर्माणमा योगदान दिनेहरूलाई श्रद्धाञ्जलि दिनको लागि उक्त जल महोत्सवको आयोजना गर्ने गरिन्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *