बर्लिन: यूएफा यूरो कप २०२४ फूटबल टुर्नामेण्टमा युक्रेनको टीमले प्री-क्वार्टर फाइनल खेल्ने सम्भावनालाई जीवित राख्यो। शुक्रवार राति खेलिएको ग्रुप ई-को म्याचमा युक्रेनले स्लोवाकियालाई २-१-ले पराजित गऱ्यो। यस साल खेलिएको चारवटा प्रतिस्पर्धी म्याचमा यो युक्रेनको तेस्रो जीत हो। सोमवार रोमानिया विरुद्ध ०-३-ले हारको सम्मुखीन भएपछि युक्रेनको समस्यामा परेको थियो अनि अझ एउटा हारले टीम ग्रुप चरणमै बाहिर हुने तय थियो तर स्लोवाकिया विरुद्ध टीमले असाधारण पुनरागमन गर्दै जीत हासिल गऱ्यो। म्याचमा ५६ प्रतिशत पोजेशनको साथ खेल्ने स्लोवाकियालाई इवान श्राञ्जले १७औं मिनटमा बढ़त दिलाए। यसरी मध्यान्तरसम्म पछि रहने युक्रेनले दोस्रो हाफमा चाहिँ गोलको खाता खोल्यो। मिकोला शापारेंकोले ५४औं मिनटमा स्कोर १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि रोमन यारेमचुकले ८०औं मिनटमा फुर्तिको साथ गोल गरी युक्रेनलाई यादगार जीत दिलाए। यस म्याचपछि युक्रेन गोल अन्तरको आधारमा ३ पोइण्ट्सको साथ ग्रुपको दोस्रो स्थानमा पुग्यो। तेस्रो स्थानमा रहने स्लोवाकियासँग पनि ३ पोइण्ट्स नै रहेको छ, जसले आफ्नो पहिलो म्याचमा बेल्जियमलाई उलटफेरको शिकार बनाएको थियो।