कोशीमा बर्खा लागेपछि आगोलागी  नियन्त्रण र हिउँदमा बाढी उद्धारको डेमो

IMG-20240622-WA0087

झापा: कोशी प्रदेश पुलिस कार्यालयको तालिम केन्द्रमा  विपद् व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धित डेमो प्रदर्शन भएको छ। सात दिने अनुशिक्षण तालिम सम्पन्न गरेपछि आगलागीका समयमा उद्धार तथा नियन्त्रण कसरी गर्ने भन्ने विषय रहेको थियो। पुलिस बर्खा लागेपछि संभावित आगलागी जोखिमका बारेमा डेमो प्रदर्शन गरेको हो। कोशी प्रदेश पुलिस कार्यालयका प्रमुख पुलिस डीआईजी चन्द्र कुबेर खापुङको प्रमुख आतिथ्यता कार्यक्रम सन्पन्न गरिएको जानकारी दिइएको छ। कोशी पुलिस  तालिम केन्द्रको खेल मैदानमा भएको प्रदर्शनीमा प्रशिक्षार्थीहरुले प्राकृतिक स्रोत साधन तथा अग्नी नियन्त्रक फायर एक्सटिंग्विशरको प्रयोग गरिएको थियो। पुलिसले आगोलागी नियन्त्रण, आगोमा परेर घाईते भएकाहरुको उद्दार, घटनास्थल सुरक्षा, आगोलागी नियन्त्रणमा प्रयोग हुने विपद सामाग्रीको प्रयोग, ग्याँस सिलिण्डरमा भएको आगोलागी नियन्त्रण, शरिरमा आगो लाग्दा निभाउने तरिकाको अभ्यास तथा भिरबाट लडेर घाइते भएका तथा मृत्यु भएका ब्याक्तिको लाइन डोरीको प्रयोग गरी उद्धार अभ्यास प्रदर्शन भएको थियो। बर्खा लागेपछि आगोलागी नियन्त्रण तालिम लिएको छ। अहिले डुबान र बाढीको जोखिमयाम हो।

उक्त कार्यक्रममा कोशी प्रदेश पुलिस डीआईजी चन्द्र कुबेर खापुङले बिपदको अवस्थामा नागरिकले पुलिस प्रति ठुलो आशा र भरोसा गरेको हुनाले प्राकृतिक तथा मानविय विपदको जोखिम न्युनिकरण, रोकथाम तथा सुरक्षा लगायत विविध विषयमा सहजिकरण गर्न पुलिसको मुख्य भुमिका रहेको बताएका थिए। डेमो प्रदर्शनीमा कोशी प्रदेश पुलिस तालिमकेन्द्रका समादेशक  एसएसपी अबि नारायण काफ्लेल, कोशी प्रदेश पुलिस कार्यालयका एसएसपी भीम बहादुर दाहाल, सिनियर पुलिस अधिकृत तथा अन्य पुलिस कर्मचारीहरुको उपस्थिति रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement