झापा: मोरङको उर्लाबारी- ४ खोर्सानीबारीमा पुलिसले प्रतिबन्धित औषधीसहित ६ जना युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वार्ड नम्बर ४ का २५ वर्षिय स्थानिय सुजन खत्रीसहित २० वर्षिय सुमन तामाङ, २४ वर्षीय निर्मल मगर , वार्ड नम्बर ७ का २१ वर्षीय बराईली, वार्ड नम्बर ६ का २० वर्षिय सन्तोष विश्वकर्मा र इलाम देउमाई नगरपालिका वार्ड नम्बर ५ घर भइ हाल उर्लाबारी -७ का २० वर्षिय सुरेन तामाङ रहेका छन्। बिहिबार राति १०:५० बजे इलाका पुलिस कार्यालय उर्लाबारीबाट खटिएको पुलिसको टोलीले खोर्सानीबारी स्थित खड्ग बहादुर खत्रीको घरमा उनका छोरा सुजनले आफ्नो कोठामा लुकाई छिपाई राखेको अवस्थामा अवैध लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको थियो। खत्रीले अवैध औषधी विक्रि वितरण गरिरहेका छन् भन्ने सुचना प्राप्त हुनासाथ पुलिसले उनको घरबाट निट्राभेट १० लेखिएको १० गोटी, ट्रामाडोल हाईड्रोक्लोराईड क्याप्सुलस्स आई.पी. लेखिएको ४ सय १५ गोटी, डिक्लोमीन -२० लेखिएको १ सय २० गोटी, स्पासपैन लेखिएको २ सय ८५ गोटीसहित ६ सय २० ग्राम गाँजासहित युवाहरुलाई पक्राउ गरिएको इलाका पुलिस कार्यालय उर्लाबारीका प्रमुख देवेन्द्र दासले बताए।