आईसीसी टी२० वर्ल्ड कपः रोमाञ्चक म्याचमा ७ रनले विजयी दक्षिण अफ्रिका

IMG-20240622-WA0011.jpg

ग्रस आइलेट (सेण्ट लूसिया): आईसीसी टी२० वर्ल्ड कपको सुपर ८-मा दक्षिण अफ्रिकाले लगातार दोस्रो जीत हासिल गऱ्यो। शुक्रवार राति खेलिएको म्याचमा दक्षिण अफ्रिकाले ईंग्ल्याण्डलाई ७ रनले पराजित गऱ्यो। यस जीतको साथै दक्षिण अफ्रिका ग्रुप २-मा ४ पोइण्ट्सको साथ शीर्ष स्थानमा पुग्यो। यसरी ईंग्ल्याण्ड २ पोइण्ट्सको साथ नेट रेटको आधारमा वेष्ट इण्डिजपछि तेस्रो स्थानमा रहेको छ। डेरेन सेमी नेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनायो। त्यसपछि १६४ रनको लक्ष्यलाई अघि राखेर ब्याटिंग गर्ने ईंग्ल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन मात्र बनाउन सक्यो। ईंग्ल्याण्डको शीर्ष क्रममा फर्ममा रहने फिल सल्ट (११), कप्तान जोस बटलर (१७), जनी बेयरस्टो (१६) र मोईन अली (०९) लगातार अन्तरालमा आउट भएपछि हेरी ब्रूकले लियम लिविंगस्टोनसँग मिलेर लड़ाइँ गरे। यी दुईले पाँचौं विकेटको निम्ति ७८ रनको पार्टनरशीप गरी टीमलाई जीतको नजिक पुऱ्याएका थिए तर १३९-को स्कोरमा लिविंगस्टोन आउट हुनको साथै दक्षिण अफ्रिकाले म्याचलाई आफ्नो पक्षमा गर्ने मौका पायो। अन्तमा ब्रूक ईनिंग्सको अन्तिम ओभरको पहिलो बलमा आउट हुनको साथै ईंग्ल्याण्डको हार निश्चित भयो। ब्रूकले ७ वटा चौकाको साथ ३७ बलमा ५३ रन बनाए। यसरी लिविंगस्टोनले १७ बलमा ३ वटा चौका र २ वटा छक्काको साथ ३३ रन बनाए। दक्षिण अफ्रिकी बलरहरूमा कगिसो रबाडा र केशव महाराजले २-२ विकेट लिए। यसअघि म्याचमा पहिला ब्याटिंग गर्ने दक्षिण अफ्रिकी टीमबाट ओपनर क्विण्टन डी ककले उत्कृष्ट अर्द्धशतक बनाए। उनले साथी ओपनर रीजा हेण्ड्रिक्स (१९)-सँग मिलेर पहिलो विकेटको निम्ति ५९ बलमा ८६ रनको पार्टनरशीप गरी टीमलाई असल शुरुवात दिलाए। हेण्ड्रिक्स आउट भएपछि दक्षिण अफ्रिकाले डी कक, हेनरिख क्लासेन (०८) र कप्तान एडन मार्करम (०१)-को विकेट लगातार गुमायो। डी ककले ३८ बल खेलेर ४ वटा चौका र ४ वटा छक्काको साथ ३८ बल खेलेर ६५ रन बनाए। अन्तिम ओभरहरूमा डेविड मिलरले ४३ रन बनाएर टीमलाई असल स्कोरसम्म पुऱ्याए। मिलरले २८ बल खेलेर ४ वटा चौका र २ वटा छक्का लगाए। ट्रिस्टन स्टब्स १२ रनमा अविजित रहे। ईंग्ल्याण्डका बलरहरूमा जोफ्रा आर्चरले सर्वाधिक २ विकेट लिए। डी ककलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement