कतारबाट काठमाडौं ओर्लिएका खाँ सुनसहित पक्राउ, बिमानबाहिर ३ पक्राउ

IMG-20240622-WA0003.jpg

झापा: कतारबाट काठमांडू ओर्लिएका एक जना ८१.६३ ग्राम सुनसहित पक्राउ परेका हुन्। काठममांडू भ्याली अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट बाँकेको खजुराका २४ वर्षीय मोहमद दिलसाद खाँलाई पक्राउ गरेको छ। उनले लगाएको पाइन्टको कम्मर भागमा टिस्युले बेरेर लुकाएको अवस्थामा ६९.८९ ग्राम सुनको ब्रासलेट र ११.६५ ग्राम सुनको बेरुवा औँठी बरामद भएको काठमांडू भ्याली अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले बताएका छन्। पुलिसका अनुसार खाँकै जानकारीका आधारमा अन्य दुई जना पनि पक्राउ परेका हुन्। पक्राउ पर्नेमा नवलपरासीको गैडाकोटका ४३ वर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिकाका २५ वर्षीय अन्जिल गुरुङ हुन्।

About Author

Advertisement