गुरुकुल पाठशालामा अब कक्षा ११ सञ्चालन

IMG-20240622-WA0000.jpg

झापा: मोरङको बेलबारी ३ मा रहेको गुरुकुल पाठशालामा यसै शैक्षिक सत्रदेखि कक्षा ११ को पढाई हुने भएको छ।
विज्ञान र व्यवस्थापन सङ्कायमा कक्षा संचालन गर्न लागिएको विद्यालयका प्रिन्सिपल कुमार खुलालले जानकारी दिए। उनका अनुसार व्यवस्थापन सङ्काय अध्ययन गर्ने विद्यार्थीले पनि कम्प्युटर विज्ञान विषय वैकल्पिक विषयका रूपमा गुरुकुलमा अध्ययन गर्न पाउनेछन्। कक्षा सञ्चालनबारे जानकारी दिन विद्यालयले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले दुवै सङ्कायका कक्षा सञ्चालनका लागि दक्ष तथा अनुभवी शिक्षकहरूको समूह छनौट गरिसकिएको बताए।
विज्ञान र व्यवस्थापन विषय पढ्न विद्यार्थी अन्यत्र जान नपर्ने उनको भनाइ थियो। विद्यालयले कक्षा ११ का दुवै सङ्कायमा भर्ना हुने पहिलो ३० जना विद्यार्थीलाई २५ प्रतिशत छुट दिइने बताउँदै उनले प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पनि विशेष छुटको व्यवस्था विद्यालयका सञ्चालक समिति अध्यक्ष माधवराज थापाले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement