हालैमा सम्पन्न भएको आम चुनाउका परिणाम लिएर भाजपाकाे सीमक्षा बैठक

IMG-20240621-WA0032.jpg

गान्तोक: भारतीय जनता पार्टी (भाजपा) ले राज्यमा हालैमा सम्पन्न भएको आम चुनाउका परिणामहरूलाई लिएर आज सीमक्षा बैठक आयोजन गऱ्यो। सबै पार्टी उम्मेदवारहरू र विभिन्न स्तरका कार्यकारीहरूको उपस्थितिमा आयोजित बैठकको अध्यक्षता प्रदेश अध्यक्ष डीआर थापाले गरेका थिए। बैठकमा उम्मेदवारहरू र कार्यकारीहरूले आफ्नो अनुभवहरू साझा गर्दै महत्वपूर्ण सुझाउहरूका साथै गुनासोहरू राखे।

प्रदेश अध्यक्ष थापाले पार्टीलाई अगाडि बढाउन भावी रणनीतिमाथि प्रकाश पार्दै पार्टी कार्यकर्ताहरूका गुनासोहरूलाई सम्बोधित गर्ने आश्वासन दिए। उनले जनतासित सम्बन्धित चिन्ताहरू र महत्वपूर्ण मुद्दाहरूको बारेमा आवाज उठाउनुका साथै पार्टीको निरन्तर विस्तारमाथि पनि बल दिए। पार्टी कार्यकर्ताहरूलाई प्रोत्साहित गर्दै प्रदेश अध्यक्ष थापाले राजनीतिक स्थिरता भएको भाजपा मात्र राज्यको प्रमुख विपक्षी रहेको बताए।

बैठकमा समग्र विकासमाथि ध्यान केन्द्रित गर्दै राज्यका चुनाउहरूमा पार्टीको प्रदर्शनमा सुधार गर्न प्रतिबद्धता व्यक्त गरिएको छ। यस अघि प्रदेश अध्यक्ष लगायत सम्पूर्ण पार्टी कार्यकर्ताहरू अन्तरराष्ट्रिय योग दिवसमा सहभागी बनेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement