भाजपाकी विधायक अग्निमित्रा पलले पाइन् जमानत

Agnimitr-Paul

कोलकाता: भाजपाकी राज्य महासचिव तथा विधायक अग्निमित्रा पल खडगपुर शहरमा रामनवमी जुलुसमा नियमहरू बेवास्ता गरेको मुद्दामा जमानत पाएका छिन्। यस वर्ष रामनवमीको पूर्वसन्ध्यामा प्रहरी चौकी अगाडि प्रदर्शन र रामनवमी अखाडा नजिकै सडक अवरुद्ध गरिएको थियो। खडगपुर टाउन पुलिस स्टेशनले रामनवमी अखाडालाई रोक्न निर्देशन दिएको थियो, जसको विरोधमा अग्निमित्र पल लगायत भाजपा कार्यकर्ता र समर्थकहरूले सडक अवरुद्ध गरेको आरोप थियो। सोही मुद्दामा अग्निमित्रा शुक्रबार बिहान खडगपुर डिभिजन अदालतमा हाजिर भएकी थिइन्। न्यायाधीशले उनलाई जमानत दिएका छन्। जमानतमा छुटेर उनले भनिन्, ‘ममता सरकारलाई मात्रै मुद्दा चलाउन थाहा छ। उनीहरुको उद्देश्य भाजपा नेताहरुलाई पुलिस मार्फत तर्साउने हो, तर उनीहरु यसमा सफल हुने छैनन्।‘ उनले 2026 मा राज्यमा भाजपाको सरकार आउने दाबी गरिन्। उल्लेखनीय छ, अग्निमित्रा पल मेदिनीपुर लोकसभा सीटबाट उम्मेदवार थिइन्। सडक अवरुद्ध गरेको आरोपमा पुलिसले उनीसहित १६ जनाविरुद्ध मुद्धा दर्ता गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement