एसटीसीएसका अध्यक्ष साण्डुप भोटियाले सम्हाले पदभार

IMG-20240621-WA0031.jpg

गान्तोक: नवनिर्वाचित विधायक एवं सिक्किम राज्य व्यापार निगम (एसटीसीएस)-का अध्यक्ष साण्डुप भोटियाले आज आफ्नो पदभार ग्रहण गरेका छन्। देउरालीस्थित एसटीसीएस मुख्यालयमा उनलाई आज एसटीसीएसका प्रबन्ध निदेशक टार्जन सुब्बा अनि अन्य अधिकारीहरूले न्यानो स्वागत जनाए। पदभार ग्रहण अवधि चेयरमेन भोटियासँग उनका शुभचिन्तकहरू साथमा रहेका थिए। पदभार ग्रहण गरेपछि उनले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आफूलाई एसटीसीएसका चेयरमेनको जिम्मेवारी निर्वाह गर्ने अवसर दिएको बताउँदै राज्यवासीको कल्याणहेतु आफ्नो सर्वोत्कृष्ट सेवा प्रदान गर्ने कटिबद्धता व्यक्त गरे।

जानकारी गराइन्छ, एसटीसीएसका नवनियुक्त अध्यक्ष साण्डुप भोटियामा धेरै वर्षको नौकरशाहको अनुभव रहेको छ। राजनीतिमा आउनअघि उनले धेरै वर्षसम्म वन विभागका वरिष्ठ अधिकारीको रूपमा राज्यमा सेवा पुऱ्याइसकेका छन्। उनका यी अनुभवहरू एसटीसीएसलाई अझ अघि लैजान महत् बन्ने देखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement