गान्तोक: नयाँ दिल्लीको आधिकारिक भ्रमणमा रहेका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज केन्द्रीय आवास एवं शहरी मामिला अनि ऊर्जा मन्त्री मनोहर लाल खट्टरसित शिष्टचार भेट गरे। केन्द्रीय मन्त्रीको सरकारी आवसमा भएको भेटवार्ताको अवसरमा सिक्किमका राज्यसभा सांसद डीडी भोटिया र सिक्किम सरकारका मुख्य सचिव भीबी पाठकको पनि विशेष उपस्थिति रहेको थियो।
बातचितको क्रममा मुख्यमन्त्री तामाङले नवनियुक्त केन्द्रीय मन्त्री श्री खट्टरलाई बधाई एनि शुभकामना व्यक्त गरे। यसको साथै आगामी दिनमा सिक्किम राज्य र राष्ट्रको हितमा सहकार्य गर्ने बारेमा मुख्यमन्त्रीले आफ्नो विचार पनि व्यक्त गरे।