नाम्ची अस्पतालमा गरियो सफलतापूर्वक हिप रिप्लेसमेन्ट

IMG-20240621-WA0025.jpg

गान्तोक: जिल्ला अस्पताल नाम्चीको अर्थोपेडिक विभागले ७७ वर्षीय वृद्धको हिप जोइन्टको सफलतापूर्वक बाई लेटरल टोटल हिप रिप्लेसमेन्ट गरेको छ। वृद्ध विगत ५ वर्षदेखि बिराम थिए। बिमारीको कारण उनलाई हिड्न गाह्रो भइरहेको थियो।

उल्लेखनाय छ, जिल्ला अस्पताल नाम्चीले केही वर्षदेखि सबै प्रकारका आर्थ्रोप्लास्टिक शल्यक्रियाहरू (कुल हिप रिप्लेसमेन्ट, कुल घुँडा प्रतिस्थापन, काँध प्रतिस्थापन र कुहिनो प्रतिस्थापन) सञ्चालन गर्दै आएको छ। हड्डी शल्यक्रियाका लागि खाँचोमा परेकाले नाम्ची जिल्ला अस्पतालमा आउन सक्ने अस्पताल सञ्चालन पक्षले सर्वसाधरणलाई अपील गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement