ट्रकले मोटरसाइकललाई धक्का दिँदा युवकको मृत्यु

IMG-20240621-WA0249

जलपाईगढी: काठ मिलबाट घर फर्किरहेका एक युवकको सडक दुर्घटनामा मृत्यु भएको छ। मृत्यु हुने युवकको नाम पियुष रोय (३०) बताइएको छ। उनको घर मैनागढी वार्निश ग्राम पञ्चायतको बारा भण्डारी क्षेत्रमा छ। पारिवारिक श्रोतका अनुसार युवक आज बिहान असम मोर क्षेत्रको काठ मिलबाट मोटरसाइकलमा घर फर्कँदै गर्दा मैनागढी रोडको फ्लाईओभर नजिकै दुर्घटनामा परे। ट्रकले मोटरसाइकललाई पछाडिबाट धक्का दिँदा मोटरसाइकलबाट उछिटिएर सडकमा लडे। ती युवकको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन्। पुलिसले घटनास्थलमा पुगेर युवकलाई उद्दार गरी मैनागढी ग्रामीण अस्पताल पुर्याए, जहाँ ड्युटीमा रहेका चिकित्सकले उनलाई मृत घोषित गरे। पुलिसले शव बरामद गरी पोस्टमार्टमको लागि जलपाईगढी शवगृहमा पठाएको छ। घटनाले क्षेत्रमा निकै सनसनी मच्चिएको छ। मृतक युवकका काका नारायण सरकारले भने, ‘म भतिजा काठ मिलबाट दाउरा हेरेर घर फर्किंदै गर्दा बाटोमा रहेको फ्लाईओभरमा पछाडिबाट आएको ट्रकले धक्का दिँदा उनको त्यहीँ मृत्यु भयो। ट्रकले त्यहाँबाट भाग्न खोजेपछि पुलिसले गाडीसहित चालकलाई उल्लादबारी इलाकामा पक्राउ गरी पुलिस चौकीमा ल्यायो।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement