मन्थन नाटय मंचको आयोजनामा योग शिविर आयोजना  

IMG-20240621-WA0231

सिलगढी: आज विश्व योगा दिवसको उपलक्ष्यमा मन्थन नाटय मंचका संस्थापक  सरस्वती शेर्पाको अगुवाईमा  कदमतला स्कूलमा भव्यताका साथ योग दिवस पालन गरियो। मन्थन नाटय मंचका अरु पनि कलाकार सदस्यहरूको सहभागिता रहेको थियोl जसमा सरस्वती दाहाल, कल्पना चामलिङ, लक्षमी देवान, रबिन, पूजा साथै अन्यको उपस्थिति थियो।  समाजमा मन्थन नाटय मंचले नाटकका साथ साथ विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आइरहेका छन्। आज  संस्थापक सरस्वती शेर्पाले नानीहरुमा बौद्धिक  चेतना कसरी जाग्रत गरिन्छ त्यस विषय बारे कतिवटा सुझाव साझा गरे।

सुश्री लक्षमी देवानले योग विषयमा जानकारी दिँदै नियमित योग गर्ने कुरा साझा गर्दै कति योगहरु नानीहरुलाई सिकाए, जसमा सरस्वती शेर्पाको भागिदारी थियोl सरस्वती दाहाल अनि सरस्वती शेर्पाले मनोरञ्जनात्मक खेलहरु खेलाए। प्रतियोगिताले गर्दा नानीहरुमा एउटा नौलौ उत्साह देखियो। नानीहरु  ढाँचा नभएको माटो हो, यसकारण सानोमै उनीहरूको  उचित विकास भए कुसगंत र कुलतमा जाँदैनन् भन्ने कुरा मन्थन नाटय मंचकी संस्थापक सरस्वती शेर्पाले जानकारी गराइन्l भविष्यमा नाटक बाहेक अरु पनि सामाजिक कार्य गर्ने निधो गरेको उनले बताइन्। सरस्वती शेर्पाले करीब १५० जना नानीहरूलाई खानेकुरा साथै खेलमा जित्नेलाई पुरस्कार वितरण गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement