सिलगढीमा दुई फरक ठाउँबाट दुई अजिंगर परे फेला

IMG-20240621-WA0022.jpg

सिलगढी: सिलगढीमा २४ घन्टाभित्र दुईवटा अजिङ्गर दुई फरक ठाउँबाट बरामद भएको छ। एक ठाउँबाट सात फिट लामो अजिंगर र अर्को ठाउँबाट ६ फिट लामो अजिंगर फेला परेको छ। आज बिहान सालुगारा बीएसएफ क्याम्प भित्रको रुखको झाडीमा अजिंगर देखेको जानकारी प्राप्त भएको छ। त्यसपछि सर्पको उद्धार गर्ने रवि राईलाई बीएसएफ अधिकारीहरूले बोलाए। त्यसपछि रवि राईले निकै मिहिनेतपछि अजिंगरलाई निकाले। सलुगरा बीएसएफ क्याम्पबाट करिब सात फिट लामो अजिंगर फेला परेको रवि राईले बताए। अहिले गर्मी निकै बढेको छ। त्यसैले खाना र चिसो ठाउँको खोजीमा अजिंगरहरू यता-उता घुमिरहेका छन्। सोही क्रममा गएराति समरनगर बटल्ला गंगा मन्दिर क्षेत्रबाट स्थानीयवासीले ६ फिट लामो अजिंगर पनि फेला पारेका थिए। पछि पुलिस मार्फत अजिंगरलाई वन विभागको जिम्मा लगाइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement