रातारात करोडपति बने टोटो चालक

IMG-20240621-WA0216

सिलगढी: एक टोटो चालक १५० रुपियाँको लटरी जितेर करोडपति बनेका छन्। टोटो चालकको नाम समीरुल हुसेन बताइएको छ। आफ्नो परिवारलाई भरणपोषण गर्न समीरुल दिनरात एनजेपीमा टोटो चलाउँछन्। तर अचानक उनलाई लटरीको टिकट किन्ने रहर आयो, गत १४ जून अर्थात शुक्रबार बिहान समीरुल हुसेनले १५० रुपियाँको लटरीको टिकट किनेका थिए र दिउँसो उनले जितेको थाहा पाए। उनले पहिलो पुरस्कार १ करोड पाएका छन्। लटरीमा टोटो चालक बने करोडपति १५० रुपियाँको टिकटले उनको भाग्य फेरियो। क्षेत्र निवासी समीरुल हुसेनको परिवार विगत ४० वर्षदेखि एनजेपीमा रेलवे साइटमा घर बनाएर बस्दै आएको बताइएको छ। परिवारमा बाबु, आमा, दाजुभाई र दिदीबहिनी हुन्छन्। बुबा अबुल हुसेन राजमिस्त्रीको काम गर्छन्। लटरीको पैसा पाएपछि समीरुल आफ्ना दाजुभाईलाई पढाउन र त्यही पैसाले घर बनाउन चाहन्छन्। लटरीमा १ करोड रुपियाँको प्रथम पुरस्कार जिते। यो खबर सुनेपछि युवक लटरी टिकट लिएर नयाँ जलपाईगढी थाना पुगे। तर, पहिलो पुरस्कार १ करोड पाएपछि समीरल र उनको परिवार खुशी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement