जलपाईगुडी: अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज चाल्सा गयानाथ हाईस्कुल मार्कोस एकेडेमीमा योग शिविर आयोजना गरिएको छ। योग अभ्यासका साथै एकेडेमीका विद्यार्थीहरुलाई योग सम्बन्धी विस्तृत जानकारी गराइएको थियो। साथै विद्यार्थीहरुलाई नियमित योग गर्न समेत सन्देश दिएको थियो। मार्कोस एकेडेमीका प्रबन्ध निर्देशक दीपंकर सरकार, मुख्य शारीरिक प्रशिक्षक पूर्व सेना रोबिन शर्मा, एकेडेमीका प्रिन्सिपल विकास ओराव, उप प्राचार्य रतन रोय, अरिजित रोयलगायतको उपस्थिति थियो।