भारत–नेपाल सीमा पानीट्यांकीमा आयोजित शिविरमा दुवै देशका सैनिकले सँगै गरे योग

IMG-20240621-WA0179

सिलगढी: भारत–नेपाल सीमा खोरीबारीस्थित पानीट्यांकीमा आज विश्व योग दिवस मनाइएको छ। पानीटङ्की नाकास्थित मेची पुलमा शुक्रबार बिहान योग दिवस मनाइएको छ। आज योग दिवसमा एसएसबी न० ४१ गणका अधिकृत तथा सैनिक र नेपाली सेनाका जवान सहभागी भएका छन्। योगमा स्थानीय बासिन्दाको पनि सहभागिता रहेको थियो। सैनिकलाई सन्देश दिँदै एसएसबीका डीआईजी राधा ठाकुरले यो योग शरीरलाई स्वस्थ र मानसिक रूपमा स्वस्थ राख्न निकै फाइदाजनक रहेको बताए। उनले दुवै देशका सैनिक भेटघाटको यस कार्यक्रमबाट एकअर्काबीच सुमधुर सम्बन्ध स्थापित हुने समेत बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement