शहीद वेदीलाई रंग पचेरा गरिदिएकोमा परिवारद्वारा कृतज्ञता प्रकट

IMG-20220812-WA0138.jpg

सोनादा: सोनादा क्षेत्रको रंगमुक चियाबारीमा रहेको शहीद अरूण कुमार राईको शहीद स्मारकलाई स्थानीय सामाजिक कार्यकर्ता उमेस राईले सर सफाई साथै रंग पचेरा गरिदिएका छन्। शहीद अरुण कुमारको शहीद वेदीलाई रंग पचेरा गरेर सफा पारिदिएकोमा शहीद अरुण कुमार राईको परिवार पक्षद्वारा सामाजिक कार्यकर्ता उमेस राईलाई धन्यवाद दिएका छन्। शहीदलाई सम्मान गरेर यसरी शहीद वेदीलाई रंग पचेरा गरेर संरक्षण गरिदिएकोमा शहीदका माता पिताले धन्यवाद दिएका छन्।

रंगमुक चियाबारीको चन्द्रमान धुरा निवासी पिता आरबी राई र माता इन्द्रकुमारी राईको सुपुत्र अरूण कुमार राई १/११ जीआर कार्यरत् थिए अनि उनी १९९९ को कारगिल युध्दमा अपरेशन बिजय कारगिल युध्दमा शहीद भएका थिए। उनको स्मारक सन् २०२१ मा नै निर्माण गरिएको थियो l

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement