सिलगढी: फाँसीदेवा क्षेत्रमा एक गर्भवती महिला र उनकी गर्भमा रहेको नानीको मृत्यु भएको दु:खद घटना बाहिर आएपछि शोकको लहर फैलिएको छ। बिहीबार राति फाँसीदेवा अस्पतालमा भएको घटनामा मृत्यु हुनेको नाम सन्ध्या सिंह रहेको छ। हिजो एक गर्भवती महिला अचानक बिरामी परेकी थिइन्। उनले केही दिनपछि नानी जन्माउने भएकी थिइन्। बिरामी भएपछि फाँसीदेवा अस्पतालमा ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरियो। घटनामा अस्पतालले उपचारमा लापरवाही गरेको आफन्तले आरोप लगाएका छन्। चिकित्सकको लापरवाहीका कारण गर्भवती महिला र उनको गर्भमा रहेको बच्चाको मृत्यु भएको उनीहरुको दाबी छ। घटनापछि परिवारमा शोक छाएको छ। परिवारका तर्फबाट डाक्टरविरुद्ध पुलिस चौकीमा लिखित उजुरी दिने शेफाली रोयले दाबी गरेकी छन्। डाक्टरको लापरबाहीका कारण यस्तो घटना भएको राजेश सिंहले बताए। भोलिपल्ट अस्पतालबाट रुघाखोकीको औषधी दिइएको सुशीला सिंहले बताइन्। उनले भनिन्, ‘यो औषधी पिएपछि सन्ध्याको शरीर फुल्यो। यसपछि आमा र नानी दुवैको मृत्यु भयो। यसबारे जानकारी लिन फाँसीदेवाका स्वास्थ्य अधिकृतलाई फोन गर्दा उनले फोन उठाएनन्।‘