झापा: लुम्बिनी भ्रमण गर्ने आन्तरिक एवं बाह्य पर्यटकहरूको संख्या गत ५ महिनामा ५ लाख नाघेको छ । चालु वर्ष २०२४ को जनवरीदेखि मईसम्म ५ महिनामा ३ लाख २३ हजार नेपाली, १ लाख २७ हजार भारतीय, ५१ हजार तेस्रो देशका पर्यटक गरी कुल ५ लाख २ हजार पर्यटकले लुम्बिनी क्षेत्रको भ्रमण गरेको लुम्बिनी विकास कोषको तथ्याकबाट प्राप्त भएको हो। कोषका अनुसार गत वर्षको ५ महिनामा ४ लाख ७२ हजार पर्यटकले लुम्बिनी भ्रमण गरेकोमा अहिले २९ हजार ६ सय पर्यटक आएका छन्। ५ महिनामा सबैभन्दा बढी पर्यटक आन्तरिकमा रहेका छन्। उनीहरूको संख्या ३ लाख २३ हजार रहेको छ। गत वर्षको सो अवधिको तुलनामा आन्तरिक पर्यटक आगमन भने घटेको हो। गत वर्ष ३ लाख २६ हजार नेपाली लुम्बिनी आएका थिए।
नारायणगढ बुटवल तथा पश्चिम र उत्तरतर्फ पनि सडक निर्माण चलिरहेकोले स्थलमार्ग हुँदै आउने पर्यटक बढ्न नसकेको लुम्बिनी विकास कोषबाट जानकारी प्राप्त भयो। सडकमार्ग अस्तव्यस्त हुँदा पर्यटक आइरहेका छन्। तर अलि कमी छ। बुद्ध जयन्तीको एकै दिन ५४ हजार नेपाली लुम्बिनी पुगेको कोषले जानकरी दिएको छ। त्यसैगरी लुम्बिनी आउने भारतीय पर्यटकको संख्या पनि बढ्दै गएको छ। सन् २०२३ को पहिलो ५ महिनामा १ लाख ११ हजार भारतीयले लुम्बिनीलाई आफ्नो गन्तव्य बनाएकोमा यो वर्षको ५ महिनामा १ लाख २७ हजार पर्यटन आएका छन्। तेस्रो देशका ५१ हजार बढी लुम्बिनीलाई आफ्नो भ्रमण गन्तव्य बनाउने तेस्रो देशका पर्यटकहरूको संख्या ५१ हजार पुगेको छ। कोषका अनुसार चालु वर्षको जनवरीमा ९ हजार, फरवरीमा १४ हजार, अप्रेलमा ५ हजार र मईमा २ हजार विदेशी पर्यटक आएको कोषले जनाएको छ।
लुम्बिनी आउने विदेशी पर्यटकमा सबैभन्दा बढी थाइल्याण्डका छन्। ५ महिनामा १२ हजार २ सय २१ जना थाईले लुम्बिनीलाई आफ्नो गन्तव्य मनाएका छन्। त्यसैगरी सो अवधिमा ९ हजार श्रीलंकन लुम्बिनी आउँदा ७ हजार म्यानमारका नागरिक लुम्बिनी आएका छन्। त्यसैगरी लुम्बिनी आउने चिनियाँ पर्यटकको संख्या ६ हजार ७४ पुगेको छ। त्यस्तै भियतनामका ३ हजार ७ सय, दक्षिण कोरियाका २ हजार ७ सय गरी कुल ७१ देशका नागरिक लुम्बिनी आइपुगेका छन्। चिनियाँ बाहेकका अन्य पर्यटक स्थलनाका बेलहिया हुँदै लुम्बिनी आउने गरेका छन्। लुम्बिनीमा पर्यटकहरूको मुख्य केन्द्र बुद्धजन्मस्थल मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करिणी कुण्ड, विश्व शान्तिद्धिप, केन्द्रीय नहर, साथै विभिन्न देशले निर्माण गरेका बिहार रहेका छन्।