दुहबीका अक्लेश यादवको हत्यामा संग्लन व्यक्ति ससुरालीबाट पक्राउ

IMG-20240621-WA0086

झापा: सुनसरीको दुहबी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्यामा संलग्न भएका व्यक्तिलाई  पुलिसले पक्राउ गरेको छ। बुधबार राति विराटनगर महानगरपालिका–४ इक्राहीस्थित रामलोचन यादवको घरमा पाहुना आएका अक्लेश कुमार यादवलाई स्थानीय २४ वर्षीय गणेश यादवले चक्कु प्रहार गरेको आरोप छ। ठूली आमाकी छोरी (बहिनी)को बिहेमा आएका बेला विराटनगर–४ का २४ वर्षीय गणेश यादवले चक्कु प्रहार गरेर फरार भएको समाचार छ। घरबाट राति फरार रहेका यादव घरदेखि केही पर रातभरी मन्दिरमा बसेर विहानीपख सुनसरी स्थित भुटाहा ससुराली गएका थिए। त्यसैक्रममा मोरङ पुलिसको विशेष टोलीले प्रदेश पुलिसको टोली यादवलाई लौकही १ बाट पक्राउ गरेको जिल्ला पुलिस कार्यालय मोरङका पुलिस प्रवत्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

उनीहरु एक साता अगाडी मोबाइलको विषयमा विवाद भएको पुलिस स्रोतले जनाएको छ। तर यता स्थानीयको भनाइअनुसार केटीको विषयलाई लिएर घटना भएको बताएका छन्। गए राति विवाद भएपछि मोटरसाइकल चढेर आफ्नो घरतर्फ जाने तयारी गरिरहेका अक्लेशलाई राति १० बजेतिर गणेशले चक्कु प्रहार गरेको पुलिसले जनाएको छ। चक्कु प्रहारबाट बायाँ कोख र पेटमा चोट लागेर अवस्था गम्भीर बनेका अक्लेशलाई उद्धार गरी उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्याइएको थियो।अक्लेशको उपचारकै क्रममा बिहीबार बिहान ३ बजेतिर अक्लेशको मृत्यु भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement