आईसीसी टी२० वर्ल्ड कपः कमिन्सको ह्याट्रिक र वार्नरको अर्द्धशतकले अष्ट्रेलियाको जीत

IMG-20240621-WA0011.jpg

नर्थ साउण्ड (एण्टीगा): aआईसीसी टी२० वर्ल्ड कपको सुपर ८ चरणअन्तर्गत वर्षा वाधित म्याचमा अष्ट्रेलियाले जीत हासिल गऱ्यो। शुक्रवार बिहान खेलिएको ग्रुप १-को म्याचमा अष्ट्रेलियाले बंग्लादेशलाई डकवर्थ लुइस पद्दति अनुसार २८ रनले पराजित गऱ्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै बंग्लादेशले २० ओभरमा ८ विकेट गुमाएर १४० रन बनायो। कप्तान नाजमुल होसेन शान्तोले ४१ र तौहिद हृदोयले ४० रन बनाए। बंग्लादेशको शीर्ष क्रममा कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। शान्तोले ३६ बल खेलेर ५ वटा चौका र एउटा छक्का लगाए जबकि तौहिदले २८ बल खेलेर २ वटा छक्का र २ वटा चौका लगाए। अष्ट्रेलियाको तर्फबाट पेस बलर प्याट कमिन्स टी२० वर्ल्ड कपको इतिहासमा ह्याट्रिक दर्ता गर्ने समग्रमा सातौं अनि अष्ट्रेलियाको तर्फबाट दोस्रो बलर बने। उनले बंग्लादेशको ईनिंग्समा १८औं ओभरको अन्तिम २ बलमा महमुदुल्लाह (०२) र महेदी हसन (००)-लाई आउट गरे भने २०औं ओभरको पहिलो बलमा तौहिद हृदोयलाई आउट गरी आफ्नो ह्याट्रिक पूरा गरे। कमिन्स अघि अष्ट्रेलियाको तर्फबाट टी२० वर्ल्ड कपमा बंग्लादेश विरुद्ध नै ह्याट्रिक गरेका थिए। अष्ट्रेलियाई बलरहरूमा कमिन्सले ३ र स्पिनर एडम जाम्पाले २ विकेट लिए। जवाफमा अष्ट्रेलियाले ११.२ ओभरमा २ विकेट गुमाएर १०० रन बनाउँदा वर्षा शुरु भयो अनि म्याच हुन सकेन। त्यस समय डकवर्थ लुइस नियमहरू अनुसार अष्ट्रेलिया तय लक्ष्यभन्दा अघि रहेको हुनाले म्याच जित्न सफल भयो। अष्ट्रेलियाबाट ओपनर डेविड वार्नरले ३५ बलमा अविजित ५३ रन बनाए। उनले ५ वटा चौका र ३ वटा छक्का लगाए। यसबाहेक उनका साथी ओपनर ट्रेविस हेडले २१ बलमा ३१ रन बनाए। हेडले ३ वटा चौका र २ वटा छक्का लगाए। कप्तान मिचेल मार्श १ रन बनाएर आउट भए जबकि ग्लेन म्याक्सवेल १४ रनमा अविजित रहे। बंग्लादेशबाट दुवै विकेट रिशाद होसेनले हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement