आईसीसी टी२० वर्ल्ड कपः जीतको साथ सुपर ८-मा अभियान शुरु गऱ्यो भारतले

IMG-20240621-WA0127.jpg

ब्रीजटाउन (बारबाडोस): आईसीसी टी२० वर्ल्ड कपको सुपर ८ चरणमा भारतले जीतको साथ अभियान शुरु गऱ्यो। बिहीवार राति खेलिएको ग्रुप १-को म्याचमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गऱ्यो। म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ८ विकेट गुमाएर १८१ रन बनायो। जवाफमा अफगानिस्तानको टीम २० ओभरमा १३४ रन बनाएर अलआउट भयो। जीतको निम्ति १८२ रनको लक्ष्यलाई खेदो गर्ने अफगानिस्तानको टीमलाई भारतका दुईजना पेस बलर जसप्रीत बुमराह र अर्शदीप सिंहले मिलेर शुरुदेखि नै चेपारोमा पारे। यसबाहेक मोहम्मद सिराजको स्थानमा प्रथम एकादशमा स्थान पाउने स्पिनर कुलदीप यादवले पनि उत्कृष्ट प्रदर्शन गरे। यसैकारण अफगानिस्तानले लगातार अन्तरालमा विकेट गुमायो। अजमतुल्लाह ओमारजाईले सर्वाधिक २६ रन बनाए। यसबाहेक नजीबुल्लाह जादरानले १९ र गुलबदीन नईबले १७ रनको योगदान दिए। भारतीय बलरहरूमा बुमराह र अर्शदीपले ३-३ विकेट हासिल गरे। यसमा बुमराहले त आफ्नो ४ ओभरमा केवल ७ रन खर्च गरे। यसबाहेक कुलदीपले पनि २ विकेट लिए। रहल दुईवटा विकेट अक्षर पटेल र रविन्द्र जडेजाको नाममा रह्यो। यसअघि भारतीय ईनिंग्समा सूर्यकुमार यादवको अर्द्धशतक मुख्य आकर्षण रह्यो, जसले २८ बल खेलेर ५३ रन बनाए। म्याचमा भारतको शुरुवात फेरि खराब रह्यो अनि कप्तान रोहित शर्मा केवल ८ रन बनाएर तेस्रो ओभरमै आउट भए। ओपनरको भूमिकामा विराट कोहलीको संघर्ष जारी रह्यो। उनी २४ बलमा २४ रन बनाएर आउट भए जबकि रिषभ पन्तले पनि २० रन मात्र बनाउन सके। शिवम दुबेको पनि निराशाजनक अभियान जारी रह्यो अनि केवल १० रन बनाएर पभेलियन फर्किए। यसरी एक समय भारतको स्कोर एघाह्रौं ओभरमा ४ विकेटमा ९० रन रहेको थियो। त्यहाँबाट सूर्यकुमारले हार्दिक पाण्ड्यासँग पाँँचौं विकेटको निम्ति ६० रनको पार्टनरशीप गरी टीमलाई असल स्थितिमा पुऱ्याए। सूर्यकुमार १७औं ओभरको अन्तिम बलमा आउट भए। उनले ५ वटा चौका र ३ वटा छक्का लगाए। यसरी हार्दिकले ३ वटा चौका र २ वटा छक्काको साथ २४ बलमा ३२ रन बनाए। अक्षर पटेलले १२ रन बनाए। अफगानिस्तानका बलरहरूमा फजलहक फारुकी र कप्तान राशिद खानले ३-३ विकेट लिए। सूर्यकुमारलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement