अनन्तनाग जिल्लामा आतङ्कीहरूद्वारा हमला

0-1-IMG

नयाँ दिल्ली: अनन्तनाग जिल्लाको बिजबिहाड़ा क्षेत्रमा शुक्रबार दिउँसो आतङ्कीहरूले सीआरपीएफ र पुलिसको संयुक्त नाका पार्टीमाथि अचानक हमला गरे। यस हमलामा एक पुलिसकर्मी घाइते भएको छ। घाइते पुलिसकर्मीलाई तुरन्तै अस्पताल लगिएको छ। गएको ८ घण्टामा यो दोस्रो आतङ्की घटना हो। पुलिसले ट्वीट गरी यस हमलाको पुष्टि गर्दै भनेको छ, ‘बिजबिहाड़ामा पुलिस र सीआरपीएफको संयुक्त नाका पार्टीमाथि आतङ्कीहरूले गोलीबारी गरे। यस हमलामा एक पुलिसकर्मी घाइते भयो, जसलाई तुरन्तै उपचारको निम्ति अस्पताल लगियो। हमला भएको तुरन्तै आतङ्की घटनास्थलबाट भागे। सुरक्षाबलहरूले आतङ्कीहरूलाई समाउन पूरा क्षेत्रको घेराबन्दी गरी खोजी अभियान शुरू गरेको छl’

शुक्रबारको आतङ्की हमलामा बिजबेहरा थानाध्यक्ष घाइते भएका छन्, जसले कुरकादल, बिजबेहरामा ड्यूटी गरिरहेका थिए। उनलाई एसडीएच बिजबेहरामा शिफ्ट गरिएको छ। गएको ८ घण्टामा यो दोस्रो आतङ्की घटना हो। आतङ्कीहरूले बिहीबार बिहानै राजौरीमा भारतीय सेनाको अपरेटिङ बेसमा फिदायीन हमला गर्ने प्रयास गरे तर यस हमलालाई विफल तुल्याउँदै दुई आक्रमणकारीलाई मारियो। यस आत्मघाती हमलामा सेनाका चार जवान शहीद र पाँच जवान घाइते भएका छन्। बिहीबार अबेर राति बान्दीपोराको अजस तहसीलको सदुनारा गाउँमा आतङ्कीहरूले एक प्रवासी मजदूरको गोली हिर्काई हत्या गरे। श्रमिकको पहिचान मधेपुरा बेसरह (बिहार) निवासी मोहम्मद अमरेजको रूपमा गरिएको छ। पुलिसले सुरक्षाबलहरूको साथ मिलेर पूरा क्षेत्रको घेराबन्दी गरी खोजी अभियान शुरू गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *