मन्त्री भीमहाङ लिम्बूले सम्हाले  आफ्नो कार्यभार

photocollage_20246210523017.jpg

गान्तोक: राज्य श्रम विभागका मन्त्री भीमहाङ लिम्बूले आज लिङडिङस्थित श्रम विभागको कार्यालयमा आफ्नो कार्यभार सम्हालेका छन्। मन्त्रीलाई विभागका सचिव रगुल के. ले स्वागत जनाए र मन्त्रीको रूपमा दोस्रो कार्यकालको निम्ति बधाई दिए।

मन्त्रीले न्यानो स्वागतको निम्ति विभागका अधिकारीहरूलाई धन्यवाद दिए। उनले विभाग र राज्यको हितमा सबैलाई मिलेर काम गर्न आह्वान गरे। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा राज्य सुनौलो सिक्किम, समृद्ध सिक्किमतिर अग्रसर बनिरहेको छ भने।

कार्यक्रममा श्रम विभागकी निदेशक उर्वशी पौड्याल, अतिरिक्त श्रम आयुक्त टाशी वाङ्गमु शेर्पा, अतिरिक्त श्रम आयुक्त शिरोमणि न्यौपाने आदि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement