गान्तोक: राज्य सरकारको वाणिज्य एवंम उद्दोयग विभागले राज्यका २० जना उद्यामीहरूलाई फ्रुड वाइन प्रशिक्षणको निम्ति शिलङ पठाएको छ। २० जनाको टोलीमा स्वंय सहायता समुह, सहकारी समिति र जीएफपीएपका सदस्यहरू सामेल रहेका छन्। सिक्किमबाट गएका २० उद्यामीहरूलाई फलफूलबाट वाइन बनाउने मानक प्रक्रिया, सामग्रीको मानक संरचना, मानकीकरण, स्वाद र परीक्षण, फलफूल रक्सीको प्याकेजिङ्ग शैली र मार्केटिङ विधिहरूमा प्रशिक्षण दिइएको जानकारी गराइएको छ।
उद्यमीहरूले विभिन्न फलफूल वाइनबाट वाइन बनाउन आवश्यक पर्ने औजार/उपकरण र मशिन बारेमा पनि जानकारी गराए।
प्रशिक्षण कार्यक्रम सकिएपछि उद्यमीहरूलाई अनुदानमा आर्थिक सहयोग, मार्केटिङ तथा ब्रान्डिङ सहयोग, प्रयोगशाला परीक्षण, वाइनको प्रमाणीकरण, वाइन उत्पादन दर्ता र देशका विभिन्न व्यापार मेला तथा प्रदर्शनीमार्फत बजार प्रवद्र्धनमा सहजीकरण गरिनेछ।
वाणिज्य तथा उद्योग विभागले फलफूल वाइन बनाउने तालिममा सहभागिताका लागि स्थानीय उद्यमीहरूबाट राम्रो प्रतिक्रिया पाएपछि तालिमका लागि प्रारम्भमा २० जना उद्यमी छनोट गरिएको थियो, अन्य इच्छुक उद्यामी/आकांक्षी उद्यमीलाई चरणबद्धरूपमा प्रशिक्षण प्रदान गरिने छ।