तीनधारेमा सावनको एक महिनाव्यपी रुद्री पाठ पूजा

IMG-20220812-WA0134.jpg

खरसाङ: तीनधारेको क्रिकेट बजारस्थित शिवालय मन्दिरमा एक महिनाव्यापी सावनको पूजा एंव रुद्री पाठ भईरहेको छ। गत १६ जुलाईदेखि शुरु गरिएको उक्त पूजा आगामी १६ अगस्तसम्म चल्ने भएको छ। क्रिकेट बजार तीनधारेको ग्राम सुधार समिति, शिवालय मन्दिर सुधार समिति र श्रीगणेश सहकारी समितिको तत्त्वावधानमा भईरहेको उक्त महिनाव्यापी पूजामा पण्डित नगेन्द्र पोख्रेलद्वारा दैनिक रूपमा पूजा पाठ, रुद्री पाठ र विभिन्न भक्तजनको ग्रह जापको पूजा भईरहेको तीनधारेबाट बिनय छेत्रीले बताएका छन्। उनले बताए अनुसार यो महिनाव्यापी सावनको पूजा विगत २००३ देखि नै तीनधारेको क्रिकेट बजारको शिवालय मन्दिरमा लगातार रूपमा आयोजना भईरहेको छ। यस पूजामा स्थानीय भक्तजनले उपस्थित भएर आफ्नो र परिवारको ग्रह जाप र पूजा पाठ गर्न सक्ने पनि बताएका छन्। उनले यो पूजाको उद्देश्य विश्व शान्ति र वर्तमान समयमा रहेको विभिन्न महामारीबाट मानवलाई रक्षा भएको होस् भनी गरिएको पनि बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *