गान्तोक: सिक्किमका प्रतीक प्रधान राज्यको पहिलो फाइटर जेट पाइलट अफिसर बनेका छन्। आर्मी अफिसर परीक्षामा ७औं स्थान हासिल गर्नेदेखि भारतीय वायुसेनामा १५ महिनाको तालिम पूरा गर्ने उनको यात्रा महत्वपूर्ण उपलब्धि हो। प्रतिक प्रधान, महेन्द्र प्रधान र कुन्ती प्रधानका छोरा अनि सदाम सुन्तले/मल्ली, सिक्किमका निवासी हुन्। प्रतीकले २०२२ मा अखिल भारतीय योग्यताका आधारमा एनसीसी मार्फत सिधै प्रवेश गरी सेनाका अधिकृतहरूका लागि प्रतिस्पर्धात्मक परीक्षामा ७औं स्थान हासिल गरे। उनले चेन्नईमा आर्मी अफिसरको रुपमा तालिम लिए। आफ्नो ३ महिनाको तालिम अवधिमा उनले वायुसेना फ्लाइङ अफिसरका लागि कडा प्रतिस्पर्धात्मक परीक्षा पास गरे। त्यसपछि उनी जनवरी २०२३ देखि १५ जुन २०२४ सम्म हैदराबादको भारतीय वायुसेना एकेडेमीमा भर्ना भए। प्रतीकले अब आफ्नो १५ महिनाको प्रशिक्षण पाठ्यक्रम पूरा गरिसकेका छन् र भारतीय वायुसेनामा फाइटर जेट पाइलट अफिसरको रूपमा कमिसन भएका छन्। सिक्किमको लागि यो गर्वको क्षण हो किनकि उनी राज्यबाट पहिलो फाइटर जेट पाइलट अधिकारी बनेका छन्।