राजगञ्जको बन्धुनगरमा भएको सवारी दुर्घटनामा एकजना घाइते

Screenshot_20240620_204515_Samsung-Internet.jpg

राजगञ्ज: राजगञ्जको बन्धुनगरमा भएको सवारी दुर्घटनामा एक युवक घाइते भएका छन्। यो घटना राजगञ्जको बन्धुनगर क्षेत्रमा सिलगढी-जलपाईगुडी राष्ट्रिय राजमार्गमा भएको हो। पिकअप भ्यानसँग स्कुटर ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालक घाइते भएको बताइएको छ। तर, घाइते स्कुटर चालकको भने परिचय खुल्न सकेको छैन।जानकारी अनुसार आजको दिन बन्धुनगर क्षेत्रमा एक युवक स्कुटरमा सडक पार गर्दै थिए। त्यसपछि सिलगढी दिशाबाट आउँदै गरेको पिकअप भ्यानसँग स्कुटी ठोक्कियो। घटनामा स्कुटी चालक सडकमा लडेका थिए। घटनापछि स्थानीयले तत्कालै युवकलाई उद्धार गरेर उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल लगे। तर, घटनापछि पिकअप भ्यान घटनास्थल छाडेको थियो। खबर पाएलगत्तै अम्बरी थानाका पुलिस घटनास्थल पुगेको थियो। पुलिसले दुर्घटनाग्रस्त स्कुटर बरामद गरी घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement