१४ अगस्तमा भाजपाले ‘विभाजन विभीषिका दिवस’ मनाउने

BJP-Flag

नयाँ दिल्ली: भारतीय जनता पार्टी (भाजपा) ले आजादीका अमर शहीदहरूको बलिदानलाई याद गर्नका लागि आइतबार १४ अगस्तको दिन ‘विभाजन विभीषिका दिवस’ मनाउने भएको छ। भाजपा महासचिव अरूण सिंहले यहाँ एक संवाददाता सम्मेलनमा भने, ‘विभाजन विभीषिका दिवसको कार्यक्रममा पूरा देशमा स्वतन्त्रता संग्राम सेनानीहरू र महापुरूषहरूको मूर्तिहरू वरिपरि स्वच्छताको कार्यक्रम गरिनेछ। स्वतन्त्रता संग्राम सेनानीहरू र महापुरूषहरूको मूर्तिहरूमा माल्यार्पण गरिनेछ। हरेक जिल्लामा मौन जुलूस निकालिनेछ। आजादीअघि स्वतन्त्रता संग्राम सेनानीहरूले देश आजाद होस्, यसको निम्ति आफ्नो आहुति दिए, आफ्नो सबैकुरा न्योछावर गरे। उनको बलिदानको सम्मानमा यो कार्यक्रम आयोजित गरिनेछ। जुन समाजले आफ्ना पूर्वजहरूलाई, आफ्ना स्वतन्त्रता सेनानीहरूलाई याद राख्दछ, उनीहरूको त्याग र तपस्यालाई आउने पीढ़ीलाई बताउँदछ, तब देश र समाज जीवन्त रहन्छl’ उल्लेख्य, १४ अगस्तमै भारतको विभाजन भएको थियो र पाकिस्तान बनेको थियो। भाजपा महासचिवले तिरंगा यात्राको सफलताको उल्लेख गर्दै भने, ‘यो देशभरिमा सफल रह्यो। १३-१५ अगस्तसम्म हरेक घरमा तिरंगा फहराइनेछ। देशभरिमा २० करोड़ झण्डा फहराउने लक्ष्य छl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement