रांगापानी रेल दुर्घटना विषय लिएर रेलकर्मीहरुसित पुछताछ जारी

IMG-20240620-WA0258.jpg

सिलगढी: डीआरएम सुरेन्द्र कुमार संलग्न भए बिहीबार साँझ एडीआरएम कार्यालयमा पत्रकार सम्मेलन गरी सो क्षेत्रमा भएको रेल दुर्घटनाबारे जानकारी गराइएको हो। सञ्चारकर्मीलाई सम्बोधन गर्दै उनले रांगापानी क्षेत्रमा भएको रेल दुर्घटनाबारे रेल मजदुरसँग सोधपुछ भइरहेको बताए। अहिलेसम्म मुख्य रेलवे सुरक्षा आयुक्तले यस मामिलामा १६ जनाको बयान लिइसकेका छन्। डीआरएमले भने कि अलिपुरद्वारको ट्रेनिङ स्कूलका केही प्रशिक्षकहरूलाई सोधपुछ भइरहेको छ जहाँ स्वचालित सिग्नलिङको प्रशिक्षण दिइएको थियो। अरु धेरैसँग सोधपुछ हुन बाँकी रहेकोले प्रतिवेदन तयार हुन अझै केही समय लाग्ने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement