नारी शीप संस्था खरसाङद्वारा विरूवा रोपनको कार्य सम्पन्न

IMG-20240620-WA0225.jpg

खरसाङ: लगातार वर्षा झरीलाई ध्यानमा राखेर खरसाङको नारी सिप संस्थाका प्रतिनिधि टोली साथै खरसाङ पुलिस थाना, खरसाङ टाउन आउट पोष्टको बढा बाऊ, गौरी शंकर चिया बगानको प्रबन्धक अनि सदस्यहरूले हाल रूखका बिरूवा रोपनको कार्य सम्पन्न गरिरहेका छन्। नारी शीप खकसाङकी अध्यक्षा प्रभा छेत्री लगायत अन्य सदस्याहरू उपस्थित भएर उक्त कार्य सम्पन्न गरेका छन्। यस कार्यमा बोट बिरुवा बचाउन सके पहाड सुरक्षित भएर जान्छ भन्ने उदाहरण दिन्दै बिरुवा रोपन कार्य सफल पारिएको जानकारी प्राप्त भएको छ। यस कार्यमा संस्थाका सबै प्रतिनिधिहरूले साथ दिईरहेको अनि यस कार्य अझै अघि बढाएर बिरुवा रोपन गर्ने भनी बताएकी छन्। नारी शीप संस्था खरसाङकी अध्यक्षा प्रभा छेत्रीले पत्रकारहरूलाई सम्बोधन गर्दै हामीले सबैको सहयोगमा यसपाली ४ हजार जति विरुवाहरू रोप्ने लक्ष्य राखिएको र त्यसै अनुरुप कार्य गरिरहेको बताएका छन्। उनले यस कार्यमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेकी छन्। उनले नारी शीप संस्थाले नारीहरूलाई स्वनिर्भर बनाउन र नारीहरूलाई अघि बढ़ाउन पहल गरिरहेको र यसै क्रममा आज विगत ५ जूनदेखि शुरु भएको पर्यावरण दिवस पालन गरिरहेको र यसै अवसरमा हामी सबै मिलेर विरुवा रोपनको कार्य सम्पन्न गरिएको पनि बताएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement