दार्जीलिङ: सन् १९५५ को श्रमिक आन्दोलनमा शहीद भएका शहीदहरूको शहीद बेदीको हाम्रो पार्टीको श्रमिक संगठनद्वारा जीर्णद्वारको कार्य आरम्भ गरेका छन्। गत केही दिन अघि हाम्रो पार्टीको प्रतिनिधि टोलीले मार्गरेट होप चिया बगानको भ्रमण गरेका थिए। त्यस अवधि सन १९५५ को श्रमिक आन्दोलनमा शहीद भएका शहीदहरूको शहीद वेदीमा पुगेका थिए। हाम्रो पार्टीको प्रतिनिधि टोलीले शहीद वेदीको अवस्थाबारे पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्सलाई अवगत गराएका थिए। पार्टी अध्यक्ष अजय एडवाडर्सले शहीद वेदीको जीर्ण अवस्थालाई अविलम्ब जीर्णोद्वार गर्नलाई हाम्रो पार्टीको श्रमिक संगठनसंग सम्पर्क गर्ने निर्देश दिएका थिए। पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्सको निर्देश अनुरूप हाम्रो पार्टीको टोलीले पार्टीको श्रमिक संगठन प्रमुख डीके गुरूङलाई अवगत गराएपछि आजदेखि मार्गरेटहोप चिया बगानको शहीद बेदीको जीर्णद्वारको कार्य शुरू गरिएको भरत तामाङले जनाएका छन्।भरत तामाङले बताए अनुसार सन १९५५ को श्रमिक आन्दोलनमा यसै ठाउँमा पुलिसको गोलीले ६ जना शहीद भएका थिए। तर पनि श्रमिकहरू आफ्नो मांगप्रति अडिग भएर संघर्ष गरे जसको फलस्वरूप अन्तः सरकारले श्रमिकहरूको मांगलाई स्वीकार गरेका थिए अनि चिया श्रमिकहरूले आफ्नो हक र अधिकार पाएको हो। गत केही दिन अघि हामी मार्गरेट होप चिया बगानको भ्रमणमा आएका थियौ अनि त्यस अवधि शहीद बेदीको जीर्ण अवस्था देख्दा हामी धेरै मर्माहित बनेका थियौ अनि शहीद वेदीको जीर्णद्वारबारे पार्टी अध्यक्ष अजय एडवाडर्सले श्रमिक संगठनलाई निर्देश दिएपछि आज हामी जीर्णद्वारको सर समाग्रीहरू लिएका यहा आएका छौ अनि भोलिदेखि नै जीर्णद्वारको कार्य आरम्भ हुने भरत तामाङले बताएका छन्।

सन् १९५५ को २५ जूनको दिन मार्गरेटहोप चिया बगानको यसै ठाउँमा बंगाल पुलिसले आन्दोलनमा ओर्लिएका आन्दोलनकारीहरूमाथि गोली बर्साएका थिए जसमा १८ सालकी अमृत माया कामिनी, २३ बर्षकी गर्भवती मौली शोभा राईनी २२ वर्षे कान्छा सुनुवार, २५ वर्षे पदमबहादुर कामी, १४ बर्षे काले लिम्बु र ४५ वर्षे जीतमान माझी तामाङ शहीद भएका थिए। प्रत्येक साल २५ जूनको दिन यसै शहीद बेदीमा श्रमिक संगठनहरूले शहीद दिवस पालन गर्दै आई रहेका छन। आगमी २५ जूनको दिन हाम्रो पार्टीको श्रमिक संगठनले यसै शहीद बेदीमा शहीद दिवस पालन गर्ने भएको छ अनि श्रमिक आन्दोलनमा शहीद भएका परिवारहरूलाई सम्मान जनाउँने कार्य योजना बनाएको भरत तामाङले जनाएका छन्। यस अवधि भरत तामाङ लगायत राजु सुब्बा, सुरज गुरूङ आदि उपस्थित थिए।








