टिस्टाको जलस्तर बढेपछि मेखलीगञ्जदेखि बंगलादेशसम्मको क्षेत्रमा रेड अलर्ट जारी

IMG-20240620-WA0215

जलपाईगढी: उत्तर बंगालमा भारी वर्षाको बीच टिस्टामा रेड अलर्ट जारी गरिएको छ। टिस्टाको पानीको बहाव बढेपछि आज दिउँसो १:१५ बजे मेखलीगञ्जदेखि बंगलादेशसम्मको क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ। यसैबीच, तराई र हिमाली क्षेत्रमा वर्षाका कारण टिस्टामा पानीको बहाव बढेको छ। जलपाईगढीको टिस्टाका धेरै गाउँहरू बाढीमा परेका छन्। धेरैले घरबार छोडेर शिविरमा शरण लिएका छन्।

यसैबीच सिँचाइ विभागले पुनः रेड अलर्ट जारी गरेको छ। बिहीबार सिँचाइ विभागले मेखलिगञ्जदेखि बंगलादेशसम्मको क्षेत्रमा रेड अलर्ट जारी गरेको छ। यद्यपि, जिल्ला प्रशासन स्रोतका अनुसार जलपाईगढी जिल्ला प्रशासन पूर्णतया सतर्क छ। अर्कोतर्फ, जलपाईगढी भाजपा सांसद जयन्त रायले सिंचाई विभागको भूमिकालाई लिएर राज्य प्रशासनको आलोचना गरेका छन्। उनका अनुसार केन्द्र सरकार अन्तर्गतको ब्रह्मपुत्र बोर्ड जलपाईगढीका विभिन्न क्षेत्रमा काम गर्न इच्छुक छ। उनले भने, ‘तर ब्रह्मपुत्र बोर्डले राज्य सरकारको अनुमतिबिना काम गर्न सक्दैन।‘  बाढी प्रभावित क्षेत्रमा काम गर्न बोर्डले पटक पटक प्रदेश प्रशासनलाई पत्र लेखे पनि राज्यले ब्रह्मपुत्र बोर्डमा ध्यान नदिएको सांसदको आरोप छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement