महाराजा जितेन्द्र नारायण मेडिकल कलेजका प्रिन्सिपललाई विद्यार्थीहरूले घेरेर रातभर प्रदर्शन

IMG-20240620-WA0196

कोचबिहार: महाराजा जितेन्द्र नारायण मेडिकल कलेजका विद्यार्थीहरूले महाराजा जितेन्द्र नारायण मेडिकल कलेजका प्रिन्सिपललाई रातभर पुलिस चौकीमा राखेर विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले बुधबारदेखि विभिन्न मागलाई लिएर मेडिकल कलेजका प्रिन्सिपल डा. निर्मल कुमार मण्डललाई कलेजको कार्यालयमा घेरा हालेर विरोध प्रदर्शन गरेका छन्l लामो समयदेखि कलेज परिसरको अवस्था कमजोर भएको गुनासो गर्दै आएको छ। मैदानमा घाँस उम्रिएको छ, सरसफाइ हुन सकेको छैन । होस्टेलको छानोबाट पानी परिरहेको छ। पुस्तकालय विस्तारका लागि पटकपटक माग पनि गरिएको छ। तर माग पूरा नभएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्। मेडिकल कलेजका तेस्रो वर्षका विद्यार्थी अरिन्दम मलिकले मेडिकल कलेजका प्रिन्सिपलको कोचबिहार विरोधी मानसिकता रहेको बताए। यसअघि उनी जुन कलेजमा थिए, त्यही कलेजमा उनले यी कामहरू नगरेका कारण एकातिर मेडिकल कलेजका विद्यार्थी आन्दोलनरत छन्l आफ्नो मागका लागि रातभर प्रिन्सिपलले आफू बिरामी पर्न र कुर्सी खाली हुने गरी यो कुर्सीमा अरु कसैलाई बस्न षड्यन्त्रमा घेरिएको आरोप लगाए।

मेडिकल कलेजका प्रिन्सिपल डा. निर्मल कुमार मण्डलले भने, ‘विद्यार्थीहरूद्वारा गरिएको सबै मागहरु जायज हो, अनि त्यसमा अधिकांश मागहरूबारे कार्य भइरहेको छ।‘ विद्यार्थीहरूको दाबीअनुसार कलेज परिसर फोहोरको स्थितिमा छ, छात्रावासको छतबाट पानी चुहिरहेको छ, जाडोमा तातो पानीको लागि गीजर पहिल नै हटाएको छl ‘यी सबै मागहरू पूरा गरिरहेको छ, तर पानी उनीहरूले मलाई रातभर रोकेर राख्यो। केवल मागहरू लिएर मलाई घेरने या कैद गर्ने स्थिति नआउनु पर्ने थियो, यसको पछि एक अन्य उद्देश्य छl उनीहरूको मनसाय मलाई रातभरि राखेर अरू कसैलाई यो कुर्सीमा राख्ने प्रयास गरेर बिरामी बनाउने हो। यसको पछाडी कसको हात छ भन्ने मैले अहिले नै भनिरहेको छैन। तर विद्यार्थीको माग पूरा गर्न यो आन्दोलन भइरहेको छैन’, उनले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement