झट्टैै मरमत्ति मरमत्ति गरिनु पर्ने आवश्यकता
खरसाङ: केही दिनदेखि लगातार रूपमा परिरहेको पानी झरीले एनएच ५५ अन्तर्गत पगला झोड़ामा सड़क एकदमै खतरामा देखिएको छ। खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको घैयाबारीदेखि केही पर रहेको पगलाझोड़ामा रहेको रोड चर्किएको अवस्थामा रहेको देखिएको छ। केही दिनदेखि लगातार रूपमा परिरहेको पानी झरीले एनएच ५५ अन्तर्गत पगलाझोड़ामा सड़क चर्किकोले कुनै पनि समय भत्किन सक्ने अवस्था पुगेको छ। अझ केही दिन यसरी नै लगातार रूपमा पानी परिरहे यो सड़क भत्किन सक्ने अवस्थामा देखिएको छ। पगलाझोड़ामा सन् २०१० मा पैह्रो गएपछि धेरै वर्ष वाधित बनेको थियो भने केही वर्षदेखि यता सड़क मार्ग मरमत्ति भएर सञ्चालन भईरहेको छ। तर यसपाली लगातार परेको पानी झरीको कारणले फेरि सड़क चर्किएको कारणले भत्किन सक्ने सम्भावना देखिएको छ। यो सड़क भत्किएर पैह्रो गयो भने फेरि एनएच ५५ वाधित हुनसक्ने सम्भावना देखिएको छ। त्यसैले यो पानी झरीको समय यहाँबाट भएर कुद्ने गाड़ीहरू होशियारीसाथ कुदाउनु पर्ने देखिएको छ। उक्त सड़क मार्ग भएर गाड़ीहरू कुद्दा हेरेर सचेत भएर कुदाउनु पर्ने आवश्यकता देखिएको छ। यस सड़क मार्ग भत्किएर बन्द भएको खण्डमा घैयाबारी र महानदी क्षेत्र सम्पर्कविहीन भन्न सक्छन् भने ठूलो गाड़ीहरू सबै रोहिणी रोड भएर कुद्नु पर्ने अवस्था सिर्जना हुन्छ साथै बस सेवा पनि वाधित हुन सक्छन्। अहिले पगला झोड़ामा चर्किएको अवस्थामा रहेको सड़क झट्टै मरमत्ति गरिनु पर्ने अवस्था देखिएको छ। उक्त सड़क मरमत्ति झट्टै गरिनु पर्ने आवश्यकता देखिएको छ।










