झापा: सुनसरीको एक सामुदायिक विद्यालयका शिक्षकमाथि छात्राहरुमाथि यौन दुव्र्यवहार गर्ने गरेको आरोप लागेको छ ।जिल्लाको धरान–११ स्थित सामुदायिक विद्यालय ज्ञानोदय माविका शिक्षक गोपाल गुरागाईँमाथि आफ्नै कक्षामा अध्ययनरत छात्राहरुमाथि यौनदुव्र्यवहारको आरोप लागेको हो। उनले छात्राहरूलाई हात सुम्सुमाउने, ढाडमा तथा शरीरमा छाम्ने जस्ता क्रियाकलाप गर्ने गरेको विद्यार्थीहरूले गुनासो गरेका छन ।कक्षा १० (ख) की एक छात्राले भनिन, ‘सरले मेरो ढाडमा सुम्सुम्याउदै ब्रा चलाउने गर्थे।’ उनले कक्षा ८ मा पढ्दादेखि नै शिक्षक गुरागाईँले ब्रा चलाउँदै शरीर सुम्सुम्याउने गरेको बताइन् ।गुरागाईँले केटाहरुले होमवर्क गरेन भने डयाम की डयाम क्लास थर्किने कुट्ने गरेको तर केटीहरूले होमवर्क नगर्दा हात सुम्सुम्याउने, शरीर चलाउने गरेको उनले बताइन् ।उनले भनिन् ’मेरो साथी एक्लै बस्छिन, उनीलाई सरले म्यासेज गरेर फिल्म हेर्न, बाइकमा घुम्न जाऊँ भन्ने, तिमीलाई घुम्न जान मन छैन? भन्ने, काँही जानु छ भने भन म पु¥याइदिन्छु भन्ने अश्लील भिडियो पठाउने जस्ता कार्य गरेको कुरा साथीले भन्ने गरेको बताइन।’अर्की कक्षा १० मा अध्ययनरत छात्राका अनुसार ‘उनको नाम नै सबै विद्यार्थीहरूले ’बोका’ राखिदिएका छन्। शिक्षक गुरागाईँले फेसबुकमा आएको अश्लील भिडियो तेरो भन्दै सरले सर मिसलाई देखाउँदै बेइज्जत गरेको छात्राले बताइन्। उनले भनिन् ‘तर त्यो भिडियोमा म थिइन कहाँको भिडियोलाई मेरो हो भन्दै मिसले समेत कक्षा कोठामा सार्वजनिक रूपमा देखाउँदै बेइज्जत गरिन। ’कक्षा १० (ख) की अर्की छात्राले भनिन, ‘गोपाल सरले मेरो साथीको बेइज्जत गर्दै विद्यार्थीहरू माँझ अनर्गल प्रचार गर्दै ’भिडियोको केटी उ नै हो’ भन्दै देखाएको, मिसले समेत यो भिडियो तिम्रो हो भन्दै सबै विद्यार्थीहरूको माझ देखाउँदै हिँडेकी थिइन।’अर्की विद्यार्थी कक्षा १० (ख)मा अध्ययनरतले समेत शिक्षक गुरागाईँले तेस्तै व्यवहार गरेको बताइन्। कक्षा ९ को सेक्सन (बि) मा अध्ययनरत अर्की छात्राले साथीको ’बर्थडे’मा चकलेट दिन जाँदा सरले साथीको हात सुम्सुमाउने र ढाड चलाएको बताइन। उनले भनिन ’सरले सबै विद्यार्थीहरूलाई कति राम्री भन्दै छेउमा बोलाउँदै ढाड सुम्सुमाउने गर्छन।’उनले साथीहरूले सरको नाम नै ’बोका’ राखिदिएको बताइन्। स्कुलका प्रधानाध्यापकलाई कम्प्लेन गर्न जाऔँ भन्दा साथीहरू डराउने गरेको उनको भनाई छ ।शिक्षक गोपाल गुरागाईँको यौन दुव्र्यवहारका विषयमा प्रधानाध्यापक वेदकुमार श्रेष्ठले यस विषयमा आफूले कुरा के हो वास्तविकता बुझेर कारबाही गर्ने प्रतिबद्धता ब्यक्त गरे। शिक्षक गोपाल गुरागाईँले आफूले कुनै गल्ती नगरेको दावी गर्दै १५ वर्षको शिक्षक पेशामा कार्यरत रहँदा आजसम्म कुनै विद्यार्थीलाई छोएर समेत नबोलेको बताए।उनले भने ‘विद्यार्थीहरूलाई मायाले ढाड सुम्सुमाएको सत्य हो तर दुव्र्यवहार गर्ने नियतले गर्न खोजेको होइन मेरो चरित्र हत्या मात्र गर्न खोजेका हुन विद्यार्थीहरूले भने।’









