रतुवा खोलाले बगाएर एकजनाको मृत्यु

IMG-20240619-WA0175.jpg

भद्रपुर: झापा जिल्ला स्थित दमकको रतुवा खोलाले बगाएर झापामा एकजनाको मृत्यु भएको छ। आज बिहान अन्दाजी ८ बजेको समयमा दमक नगरपालिका वडा नम्बर ७ स्थित रतुवा पुलछेउमा तत्काल नाम थर वतन नखुलेको एक व्यक्तिको शव फेला परेको हो। रतुवा खोलाले बगाएर ल्याइरहेको अवस्थामा स्थानीयले देखेर तत्काल खोलाबाट बाहिर किनारमा निकाली हेर्दा मृत्यु भइसकेको पुलिसले जनाएको छ। इलाका पुलिस कार्यालय दमकमा खबर प्राप्त हुनासाथ थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि टोली खटिएको थियो। जिल्ला पुलिस कार्यालय झापाका अनुसार निज मृतक दमक १ सरस्वती टोल बस्ने ५३ वर्षीय मोहन रामदाम (विक) रहेको सनाखत भएको छ। सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको र विकका आफन्त घटनास्थलमा आइसकेको जिल्ला पुलिस कार्यालय झापाले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement