दश दिवसीय आमासा हिलिङ स्वास्थ्य शिविरको समापन

गान्तोकः हेभेनली निर्भाना पथ सिक्किमद्वारा आयोजित १० दिवसीय आमासा हिलिङ स्वास्थ्य शिविरको समापन भयो। पश्चिम सिक्किमको गेजिङस्थित क्योङ्सा खेल मैदानमा आयोजित यस स्वास्थ्य शिविरको आज समापन कार्यक्रममा सत्तारुढ़ एसकेएम पार्टीका राज्यस्तरीय युवा प्रकोष्ठका अध्यक्ष लाक्पा मोक्तान मुख्य अतिथि रहेका थिए। यसरी नै कार्यक्रममा हेभनली पाथ सङ्गठनका गुरू व्यासानन्दको पनि विशेष उपस्थिति रहेको थियो।

गेजिङ क्षेत्रको निम्ति भनेर आयोजित यस स्वास्थ्य शिविरमा कूल १२६४ जनाको उपचार गरिएको आयोजक पक्षले जानकारी गराएको छ। बिमारीहरूलाई उपचारको साथमा आध्यात्मिक ज्ञान पनि दिइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement