जलपाईगढी: उत्तर बंगालमा विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण सबै नदीको बहाव बढेको छ। यसैबीच, जलपाईगढी गजलडोबा टिस्टा ब्यारेजबाट बिहान ६ बजे ३२९५.१८ क्युमेक पानी छोडिएको छ। लगातारको वर्षाका कारण बिहीबार बिहान जलपाईगढी नगरपालिकाका धेरै क्षेत्र डुबानमा परेका छन्। वार्ड न० १६ कांग्रेसपाडा, चुन्नीलाल रोड र वार्ड न० १९ न्यूटाउन पाडालगायत शहरका धेरै ठाउँमा पानी जम्न थालेको छ भने सडक पनि पानीले भरिएका छन्। जसका कारण स्थानीय बासिन्दालाई आवतजावतमा केही समस्या भइरहेको छ

जलपाईगढीमा मात्र नभई उत्तर बंगालको डुअर्स क्षेत्रमा पनि पानी जम्ने समस्या शुरु भएको छ। वर्षाका कारण तटीय क्षेत्रमा बाढीको खतरा छ। वर्षा रोकिएन भने धेरै क्षेत्रमा बाढी आउन सक्ने भन्दै मानिसहरु डराउँछन्। जलपाईगढीसहित उत्तर बंगालका विभिन्न स्थानमा रातभर भारी वर्षा भएको छl बिहीबार बिहानदेखि छिटपुट वर्षा जारी छ। साथै वर्षाका कारण कृषकले ठूलो नोक्सानी बेहोर्नुका साथै खेतमा पानी जमेकाले बाली नष्ट हुन थालेको छ। सिंचाई विभागद्वारा एनएच ३१ जलढाका नदी क्षेत्र र टिस्टा देखि मेखलीगंज बंगलादेशसम्म यल्लो अलर्ट छ। समग्रमा अवस्था बिग्रन थालेको छ र बाढीको खतरा देखिन थालेको छ।











