झापा: कोशी प्रदेश पुलिस कार्यालय विराटनगर प्रादेशिक अनुसन्धान समूह पीआईटीबाट खटिएको पुलिस टोलीले लागुऔषध मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।लागुऔषध मुद्धामा मोरङ जिल्ला अदालतको २०२२ जनबरी २३को सजाय निर्धारण फैसला आदेशले २ बर्ष कैद र नगद १ लाख रुपैँया जरिवाना बेरुजु रही फरार रहेका सुन्दरहरैचा नगरपालिका- ८ सलकपुरका ४४ बर्षीय जिवन कुवर भन्ने जिवन कुमार क्षेत्रीलाई खोजतलास गर्ने क्रममा गाउँघरमै लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। पक्राउ परेका उनलाई मोरङ जिल्ला अदालत उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागर मोरङमा पठाइएको कोशी प्रदेश पुलिस कार्यालय बिराटनगरले जनाएको छ।









