झापा: १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा विराटनगरका एक व्यवसायी धनकुटाको भेडेटारबाट पक्राउ परेका छन्।
सर्लाही घर भएकी १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा विराटनगर महानगरपालिका–११ बस्ने ५१ वर्षीय प्रविन अग्रवाललाई धनकुटा पुलिसले पक्राउ गरेको हो।
अग्रवालले ती किशोरीलाई जुन १६ रविबार ललाई फकाई धनकुटा साँगरुगढी गाउँपालिका–६ भेडेटारस्थित होटेलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका पुलिस कार्यालय भेडेटारबाट खटिएको पुलिसले उनलाई पक्राउ गरेको धनकुटा पुलिसले जनाएको छ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।










