आईसीसी टी२० वर्ल्ड कपः दक्षिण अफ्रिका विरुद्ध लड़ाकू प्रदर्शन गरेर पनि हाऱ्यो अमेरिका

IMG-20240620-WA0033.jpg

नर्थ साउण्ड (एण्टीगा): आईसीसी टी२० वर्ल्ड कपको सुपर ८ चरण बुधवार रातिदेखि शुरु भयो। सर भिभियन रिचर्ड्स स्टेडियममा खेलिएको ग्रुप २-को म्याचमा दक्षिण अफ्रिकाले लड़ाकू अमेरिकालाई १८ रनले पराजित गऱ्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाएर १९४ रनको विशाल स्कोर बनायो। जवाफमा अमेरिकाले अन्तसम्म लड़ाइँ गरे पनि ६ विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो। विशाल लक्ष्यलाई खेदो गर्दै अमेरिकी टीमबाट एण्ड्रिएस गौसले असाधारण ब्याटिंग गरे। उनले ४७ बल खेलेर अविजित ८० रन बनाए। यसमा ५ वटा छक्का र ५ वटा चौका सामेल छ। तेजीको साथ रन बनाउने प्रयासमा ७६ रनमै ५ विकेटको पतनपछि गौसले हरमीत सिंहसँग मिलेर छैटौं विकेटको निम्ति ९१ रनको पार्टनरशीप गरी टीमलाई जीतको नजिक पुऱ्याएका थिए तर दक्षिण अफ्रिकी बलरहरूले पनि अन्तिम ओभरहरूमा उत्कृष्ट बलिंग गर्दै आफ्नो टीमलाई जीत दिलाए। हरमीतले २२ बल खेलेर ३८ रन बनाए। यसमा ३ वटा छक्का र २ वटा चौका सामेल छ। स्टीवन टेलरले २४ रनको योगदान दिए। दक्षिण अफ्रिकी बलरहरूमा कगिसो रबाडाले सर्वाधिक ३ विकेट लिए। यसअघि दक्षिण अफ्रिकाको तर्फबाट ओपनर क्विण्टन डी ककले सर्वाधिक ७४ रन बनाए। यस विकेटकीपर-ब्याटरले ४० बल खेलेर ७ वटा चौका र ५ वटा छक्का लगाए। डी ककले कप्तान ऐडन मार्करमसँग मिलेर दोस्रो विकेटको निम्ति ११० रनको पार्टनरशीप गरी टीमलाई १२६-को स्कोरसम्म पुऱ्याए। मार्करमले ३२ बल खेलेर ४ वटा चौका र एउटा छक्काको साथ ४६ रन बनाए। डी कक र मार्करम आउट भएपछि हेनरिक क्लासेन र ट्रिस्टन स्टब्सले मिलेर टीमलाई १९४-को स्कोरसम्म पुऱ्याए। क्लासेनले ३ वटा छक्काको साथ २२ बलमा अविजित ३६ रन बनाए। यसरी स्टब्सले अविजित २० रनको योगदान दिए। अमेरिकी बलरहरूमा सौरभ नेत्रवल्कर र हरमीत सिंहले २-२ विकेट लिए। डी ककलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement