नयाँ दिल्ली: पूर्व मुख्य प्रशिक्षक इगोर स्टिमाकको धम्कीबीच अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ) -ले चाहिँ सीनियर पुरुष राष्ट्रिय टीमको निम्ति नयाँ प्रशिक्षकको खोज शुरु गरेको छ। महासंघले बुधवार आफ्नो सोशल मीडिया ह्याण्डलको माध्यमले आवेदनको जानकारी साझा गरेको छ। एआईएफएफ-को तर्फबाट जारी मीडिया विज्ञप्तिमा भनिएको छ, यस पदको प्राथमिक उद्देश्य फिफा वर्ल्ड कप/एएफसी एशियन कप/साफ च्याम्पियनशीप र एएफसी अण्डर-२३ च्याम्पियनशीपको निम्ति योग्यताको साथ विभिन्न म्याचहरू र प्रतियोगिताहरूका निम्ति सीनियर पुरुष राष्ट्रिय टीम र अण्डर- २३ पुरुष राष्ट्रिय टीमलाई चयन, देखरेख र तयार गर्नु हुनेछ अनि प्रमुख लक्ष्यहरूमा एशियन गेम्स २०२६-मा उल्लेखनीय तयारी र प्रदर्शन हुनेछ। एआईएफएफ-ले यस पदको निम्ति उनीहरूलाई १०-१५ साल प्रशिक्षणको अनुभव भएको व्यक्तिको खोज रहेको पनि स्पष्ट गरेको छ। यसबाहेक यस्ता उम्मेद्वारलाई प्राथमिकता दिइनेछ, जोसँग पहिलादेखि नै राष्ट्रिय टीमको प्रशिक्षणको अनुभव हुनेछ। उल्लेखनीय छ, फिफा वर्ल्ड कप २०२६ क्वालीफायरमा टीमको निराशाजनक प्रदर्शनपछि क्रोएशियाका स्टिमाकलाई मुख्य प्रशिक्षक पदबाट बर्खास्त गरिएको थियो।