मन्त्री पुरण गुरूङलाई छुजाचेनका जनताद्वारा भव्य स्वागत

IMG-20240619-WA0277.jpg

गान्तोक: गत चुनावमा भारी मतले विजयी बनेका छुजाचेन निर्वाचन समष्टिका विधायक पुरण कुमार गुरुङ सिक्किम सरकारको कृषि,बागवानी पशुपालन,पशु चिकित्सा सेवा तथा मत्स्य विकास विभागका मन्त्रीको गरिमामय पदमा नियुक्त बनेपछि आज उनलाई क्षेत्रमा भव्य स्वागत जनाइयो।
उक्त कार्यक्रममा उनलाई पार्टीका कार्यकर्ताहरु अनि क्षेत्रवासीले खदा अर्पण गरेर स्वागत जनाउनका साथै उनलाई बधाई एवं शुभकामना व्यक्त गरे।

त्यपछिको रहल कार्यक्रम समष्टि स्तरीय पार्टी कार्यलय रंगेलीमा सम्पन्न भएको थियो।
यस कार्यक्रममा क्षेत्र विधायक एवं मन्त्रीको साथमा छुजाचेन निर्वाचन समष्टिका सीएलसी अध्यक्ष प्रेम छोडेन लेप्चा अनि अन्य सीएलसी कार्यकारिणीहरू,बल्क अनि वार्ड स्तरीय समितिका पार्टी कार्यकर्ताहरू,साथै क्षेत्रवासी आम जनताको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र विधायक एवं मन्त्री गुरुङले सिक्किम सरकारको मन्त्री जस्तो गरिमामय पदमा आफूलाई नियुक्त गरेकोमा एसकेएम पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङलाई उनले हृदय देखि धन्यवाद एवं आभार व्यक्त गरे साथै छुजाचेन निर्वाचन समष्टिबाट बहुमतले विजयी बनाएकोमा उनले समस्त छुजाचेनवासी जनतालाई धन्यवाद दिए। यसरी चुनावको प्रचार प्रसारमा आफूसँगै खट्ने सबै कार्यकर्ताहरूलाई पनि उनले धन्यवाद दिए।
अबको कार्यकालमा छुजाचेनको सम्पूर्ण थाँतीमा रहेका कामहरू पुरा गर्ने उनले सबैलाई वचन दिए।
छुजाचेन क्षेत्रलाई सिक्किमको नमुनाको क्षेत्र बनाउन आफू लागीपर्ने साथै सबैलाई आफूसँगै लाग्ने पनि उनले आह्वान गरे। मुख्यमन्त्री प्रेमसिंह तामाङको परिकल्पना सुनौलो सिक्किम अनि समृद्ध सिक्किम निर्माणको निम्ति आऔं हामी सबै एकताबद्ध भएर काम गरौं भन्ने कुरामा पनि जोड दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement