भानु जयन्ती तयारीलाई लिएर सोरेङमा सभा सम्पन्न

IMG-20240619-WA0276.jpg

गान्तोक: आगामी १३ जुलाईको दिन सोरेङ जिल्लामा पालन गरिने २१०औ भानु जयन्ती समारोह तयारीलाई लिएर आज जिल्ला प्रशासनिक केन्द्रमा एक सभा सम्पन्न भयो। उक्त सभाको अध्यक्षता जिल्ला अध्यक्ष तिला देवी गुरूङले गरेकी थिइन् भने सभामा उपाध्यक्ष सीबी कामी, पूर्व विधायक अदित्य गोले, नयाँ जिल्लापाल धिराज सुवेदी लगायत अन्य अधिकारीहरको पनि उपस्थिति रहेको थियो। सो सभामा विशेष गरेर उक्त कार्यक्रमलाई सफल र आकर्षक तुल्याउनको निम्ति विभिन्न गतिविधिहरू आयोजना गर्नको निम्ति एक समिति गठन गरियो। समितिमा मुख्य संरक्षककोरूपमा सिक्किम विधानसभाका अध्यक्ष एमएम शेर्पालाई मनोनित गरिएको छ भने यसरी नै संरक्षककोरूपमा विधायक इरूङ तेञ्जिङ लेप्चा, विधायक मदन सिञ्चुरी, लगायत अन्यहरूलाई पनि सामेल गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement