उम्मेद्वारहरूको खर्चलाई लिएर अधिकारीलाई दिइयो प्रशिक्षण

IMG-20240619-WA0274.jpg

गान्तोक: गत १९ अप्रेलको दिन सम्पन्न भएको सिक्किम विधानसभा र लोकसभाका निम्ति प्रतिष्पर्धा गरेका उम्मेदवारहरूले चुनाउमा गरेको खर्चबारे जानकारी गराउनको निम्ति आज गेजिङ जिल्लाको जिल्ला अन्तर्गत राब्देञ्चीको जिल्ला प्रशासनि केन्द्रमा आज एक बैठक आयोजना गरियो। विशेष गरेर आजको सभामा चुनाउमा प्रतिष्पर्धा गरेका उम्मेदावरहरूले चुनाउ अवधिमा गरेको खर्चको विवरण सम्वन्धित निकायलाई बुझाउने विषयलाई लिएर बैठक आयोजना गरिएको हो। गेजिङ जिल्लाकी महकुमा अधिकारी एवम एसिस्टेन्ट रिटर्निङ अधिकारी तिरसाङ तामाङ, नोडल अधिकारी साजन सुब्बा र एसिस्टेन्ट एक्सपिन्डिचर अबजर्भर लगायत टोलीले उम्मेदवारहरूले चुनाउमा गरेको खर्चको विवरण कसरी लिनुपर्छ भन्नेबारे आजको यस प्रशिक्षण कार्यक्रममा जानकारी गराइयो। उम्मेदवारहरूले चुनाउमा खरेको खर्च आफ्नो रेजिस्टरमा उल्लेख गरेको हुनाले रेजिस्टर बुझाउनु पर्ने बैठकमा प्रशिणार्थीहरूलाई अवगत गराइयो। यस प्रशिक्षण कार्यक्रम एओ केशव गजमेरले पनि सम्बोधन गरेका थिए भने यसको अन्तिम चरणको कार्यक्रम आगामी 28 जूनको दिन सम्पन्न हुने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement