एचपी घोष अस्पतालद्वारा कोलकाताको पहिलो डाक्टर-कर्मचारी एम्बुलेन्स नि:शुल्क सेवा विशेष रूपमा वरिष्ठ नागरिकहरूका लागि शुरु गर्दै

IMG-20240619-WA0267

कोलकाता: एचपी घोष अस्पतालले कोलकाताको पहिलो डाक्टर-कर्मचारी एम्बुलेन्स नि:शुल्क सेवा विशेष रूपमा ज्येष्ठ नागरिकहरूका लागि शुरु गरिरहेको एक प्रेस विज्ञप्तिमा बताएको छ। ‘यो अभूतपूर्व पहलले ५ किलोमिटरको दायरा भित्रका वृद्ध बासिन्दाहरूलाई तत्काल चिकित्सा सहायता प्रदान गर्दछ, उनीहरूको सुरक्षा र स्वास्थ्यलाई महत्त्वपूर्ण समयमा सुनिश्चित गर्दछl जहाँ हजारौं आधुनिक सेवाहरूको बीचमा पनि सेवा र मानवताको कर्तव्य रहन्छ। यो सामाजिक उत्तरदायित्व एचपी घोष अस्पतालको नयाँ परियोजनाको आधार हो’, प्रेस विज्ञप्तिमा यसरी बताइएको छ।

उद्घाटन समारोहमा अस्पतालका चिकित्सा सेवा निर्देशक डा. त्रिनञ्जन सारंगी, क्रिटिकल केयर युनिटका प्रमुख डा. हिरक भट्टाचार्य, अस्पतालका प्रमुख कार्यकारी अधिकृत सोमनाथ भट्टाचार्यको उपस्थिति रहेको थियो। सो अवसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनीहरुले अस्पतालको क्रिटिकल केयर एण्ड इमर्जेन्सी विभागका विशेषज्ञ चिकित्सकसँग परियोजनाका विभिन्न पक्ष र आपतकालीन अवस्थामा गम्भीर बिरामीको उपचारका विभिन्न चरणका बारेमा छलफल गरे। सन् १९२३ मा यसको स्थापना पछि एचपी घोष अस्पताल बिस्तारै एक व्यापक, अत्याधुनिक चिकित्सा केन्द्रको रूपमा विकसित भएको छ। परम्परागत उपचारको साथमा तिनीहरूले कोलकातामा केही अद्वितीय उन्नत सेवाहरू पनि प्रस्तुत गर्दैछन्। ‘स्मार्ट आईसीयु’ र ‘पल्मोनरी चेस्ट ट्री’पछि आजको विशेष एम्बुलेन्स परियोजना यस दिशामा महत्वपूर्ण कदम रहेको विज्ञप्तिमा बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement